Search

प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथ मुर्ति रथारोहण, भोलीदेखि रथजात्रा प्रारम्भ

प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथ मुर्ति रथारोहण, भोलीदेखि रथजात्रा प्रारम्भ

नेपाल सम्वत् ११४५, चौलाथ्वः १५.८, प्रतिपदा (३१ चैत्र, २०८१, १३ अप्रिल, २०२५) आईतबार, बाँपीझ्याला । सहकालको देवताको नामले प्रशिद्धता प्राप्त गरेको दोलखाको रातो मच्छिन्द्रनाथ जात्राको दोश्रो दिन रथारोहण सम्पन्न भएको छ ।
रथजात्रा भोली बैशाख १ गतेदेखि शुरु हुदैछ । आज चैत्र ३१ गते साक्षात भगवानको मुर्तीलाई स्थानिय बाजागाजाका साथ रथारोहण गरिएको छ ।

विशेष आकर्षणको दिन बैशाख ४ गते ७० डिग्रीको उकालोमा रथ तान्ने दिन

हिजो डोकलुङा टोलमा दुधमा स्नान अर्थात दोलखा नेपाल (नेवार) भाषामा दुधुकु ठुङ पुनीस भन्ने नामले प्रख्यात रहेको छ । यसरी हिजो दुधले स्नान गर्ने बिधि सम्पन्न भएको छ । यसै गरी आज चैत्र ३१ गते भीमेश्वर नगरपालीका वडा न. २ डोकलुङा टोलबाट पिङ्गल टोलमा बाजागाजासाथ लगि रथमा हाली रथारोहण सम्पन्न गरिएको छ ।

भोली १ गतेदेखि यसपालीको दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुर्दै नौदिनसम्म मनाईने छ । यसपालीको अन्तिम दिन २०८२ साल बैशाख ७ गते रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!