Search

नेपाल टी–२० सिरिजको फाइनलमा

नेपाल टी–२० सिरिजको फाइनलमा

नेपाल सम्वत् ११४५ चौलाथ्वः १५ (३० चैत्र, २०८१) अप्रिल १२, २०२५ ,शनिबार, बाँपीझ्याला ।नेपाल हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । मिसन रोड क्रिकेट मैदानमा शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुन: सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो । समान खेलबाट तीन अङ्क बनाएको हङकङ तेस्रो स्थानमा रह्यो । फाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । चार अङ्क बनाएको कुवेत तेस्रो भएको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10000 milliseconds with 0 bytes received

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!