Search

नक्छे प्रधान परिवारको कुलघरको मुलढोका प्रतिस्थापन

नक्छे प्रधान परिवारको कुलघरको मुलढोका प्रतिस्थापन

नेपाल सम्वत् ११४५, चौलाथ्वः १५, पूर्णीमा (३० चैत्र, २०८१, १२ अप्रिल, २०२५) शनिवार, बाँपीझ्याला, दोलखा । नक्छे प्रधान परिवारको निर्माणाधिन अवस्थामा रहेको कुलघरको आज विधिपूर्वक मुलढोका प्रतिस्थापन गरिएको छ ।

कुलघरका थाकती यज्ञबहादुर प्रधानले विधिपूर्वक पूजाआजा गरी कुलघरको ढोका प्रतिस्थापन गरिएको छ भनी कुलघरका सदस्य अजय प्रधानले बताउनु भयो ।

उक्त मुलढोका प्रतिस्थापनमा कुलघरका जेष्ठ नागरिक भुवन प्रधान, चक्रबहादुर प्रधान, मुक्ती प्रधान, चेलिबेटी कल्याणीदेवी श्रेष्ठ र शरणकुमार प्रधान लगायन अन्य दाजुभाई, दिदीबहीनीहरुको उपस्थितीमा पूजा कार्यक्रम सम्पन्न भएको छ भनी प्रधानले बताउनु भयो ।

यसरी निर्माण भईरहेको कुलघरको लागि नक्छेमी प्रधान खलकका दाजुभाई, दिदीबहीनी र म्यासमुचा खलकका सन्तानहरुबाट आ–आफ्नो स्वईच्छाबाट प्रदान गरिएको सहयोगबाट निर्माण भईरहेको समेत जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!