Search

चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

नेपाल सम्वत् ११४५, चौलाथ्वः १५, पूर्णीमा (३० चैत्र, २०८१, १२ अप्रिल, २०२५) शनिवार, बाँपीझ्याला । सिचाङ (चीन)- चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । शुक्रबार बिहान १२ बजेर ४७ मिनेट जाँदा (बेइजिङ समयअनुसार) चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो ।

’लङ मार्च–३ बी’ नामक बोक्ने रकेट प्रयोग गरी प्रक्षेपण गरिएको उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको जानकारी सो केन्द्रले दिएको छ ।

उक्त उपग्रह मुख्य रूपमा बहु–तरंगदैध्र्य (बहु–ब्यान्ड) तथा उच्च गतिको सञ्चार प्रविधिसम्बन्धी परीक्षणहरू गर्न प्रयोग गरिनेछ । यस परीक्षणबाट भविष्यमा अझ सुरक्षित, छरितो र भरपर्दो सञ्चार सेवा विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो सफल प्रक्षेपण ’लङ मार्च’ शृङ्खलाको ५६९ औँ प्रक्षेपण अभियान हो। लङ मार्च शृङ्खला चीनको सबैभन्दा भरपर्दो र प्रविधियुक्त बोक्ने यानहरूमध्ये एक मानिन्छ, जसले लामो समयदेखि चीनको अन्तरिक्ष अभियानमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

यस उपग्रहको सफल प्रक्षेपणसँगै चीनले विश्वस्तरमा आफ्नो अन्तरिक्ष तथा सञ्चार प्रविधिको क्षेत्रमा निरन्तर प्रगति गरिरहेको छ भन्ने कुरालाई पुष्टि गरेको छ । (सिन्ह्वा)

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!