नेपाल सम्वत् ११४५, चौलाथ्वः ११, एकादशी (२६ चैत्र, २०८१, ८ अप्रिल, २०२५) मंगलबार, बाँपीझ्याला । आइतबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । बैठकले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने,२०८२ बैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने 18th South Asia Power Secretaries Roundtable (PSRT) कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव (प्रा.) श्री राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने,गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा | व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने,नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्नेनिर्णय पनि बैठकले गरेको छ । यस्तै रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू. फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिवर्तन गरी वडा नं. ४ टप्वा कायम गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,नागरिक एप ( सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने,२०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने APT (Asia Pacific Telecommunity) | Ministerial Meeting ( APT-MM) मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।