नेपाल सम्वत् ११४५, चिल्लागाः १२ द्वादसी (१३ चैत्र, २०८१, २६ मार्च, २०२५) बुधबार, बाँपीझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाले यही चैत्र १६ गते शनिवार बिहान ७ बजे वडावासीको भेला आब्हान गरिएको छ ।
प्राचिन शहर दोलखा हालको भीमेश्वर नगर वडा नं. २ दोलखामा बर्षभरी संचालन गरिने चाडपर्व र जात्रामात्रा संचालनको लागि आवश्यक व्यवस्थापन र छलफल गर्नु पर्ने भएकोले उक्त भेलाको आब्हान गरिएको छ भनी वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।
दोलखामा विशेषतः किराँतकाल, लिच्छवीकाल प्राचिनतम ईतिहास भएतापनी सम्पदा बस्ती विस्तार, चाडपर्व, जात्रामात्रा मल्लकालदेखि विकास भएको पाईन्छ । यसरी विकास भएको भाषा, संस्कृती र परम्परालाई दोलखाका स्थानिय वासिन्दाहरुले हालसम्म सचालन गर्दै आएका छन् ।
तर पछिल्लो चरणमा राजनितिक परिवर्तन संगै दोलखा भीमेश्वरसंग सम्वन्ध रहेको भेड्पुको गुठीबाट पाउनु पर्ने आयस्था बन्द छ । यसै गरी स्थानिय वासिन्दाहरुले संचालन गर्नु पर्ने बिभिन्न गुठी, चाडपर्व संग सम्वन्धीत जात्रामात्रा स्थानियहरुले आ–आफ्नो जिम्मेवारी पुरा नगरी डेनासेकले गर्दा दिन प्रतिदिन बन्द हुर्दै लोप हुने अवस्थामा रहेको छ ।
यसै गरी दोलखाको महत्वपूर्ण जात्रापर्व मध्ये दोलखाको भैरव कुमारी जात्रा पनी एक हो । जुन जात्रा यसपाली गएको भाद्र ५ गतेदेखि शुरुभई ९ गते सम्पन्न भएको थियो । यसरी आफ्नै महत्व अनी ऐतिहासिकता बोकी शुरु भएको मौलिक जात्राको आफ्नै महत्व रहेको छ । तर तान्त्रिक गुभाजु (टिलिङ टिलिङ) को अनुपस्थितिमा बिना नै यो भैरब कुमारी जात्रा सम्पन्न भएको थियो ।
यसले भैरवकुमारी जात्रासँगै संस्कृतीप्रेमी महानुभावहरुलाई नदेखिन्ने गरी प्रहार भएको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ । यसरी जात्रा परम्परा संचालनमा अवरोध ल्याउने जो कोहीलाई कारबाही गर्नु पर्ने स्थानियहरुले माग गरेका थिए ।
बज्रचार्य परिवारको १ जना तान्त्रिक गुभाजु विदेश गएको र परिवारका अन्य सदस्य सहभागी नभएको कारणले तान्त्रिक गुभाजु (टिलिङ टिलिङ) बजाई हिड्ने बिनानै जात्रा सम्पन्न गरिएको थियो ।
यसै गरी उक्त गुभाजुसँग नै यस पटकको मच्छिन्द्रनाथको रथजात्राको पूजा र जात्रा संचालनमा सोही परिवारका गुभाजु जोडिएको कारणले उक्त गुभाजुको सहभागीता संगै अन्य दोलखा भित्रका समसामयिक विषयमा आवश्यक छलफल गर्नु पर्ने भएकोले यो छलफलको लागि दोलखावासीको भेला आब्हान गरिएको हो भनी वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
वडावासीको भेलाको लागि यही चैत्र ११ गते सार्वजनिक सूचना जारी गरिएको छ ।
