Search

विश्वका पहिलो दस तारे होटेल

विश्वका पहिलो दस तारे होटेल

नेपाल सम्वत् ११४५ चिल्लागाः १२ (१३ चैत्र, २०८१) मार्च २६, २०२५ ,बुधबार, बाँपीझ्याला ।युक्त अरब इमिरेट्सको दुबईमा एउटा यस्तो होटेल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपियाँ बराबर जति तिर्नु पर्छ । यसलाई विश्वको पहिले १० तारे होटेल पनि भनिन्छ । यो होटेलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनभने यो अर्बपति व्यापारी तथा राजपरिवारको पहिलो रोजाइमा पर्छ ।

आममानिसका लागि यो केवल एउटा पूरा नहुने सपना मात्रै हो । जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन । यहाँ केवल धनाढ्यले मात्र प्रवेश पाउँछन् ।यो होटेलले धनाढ्यहरूलाई विश्वको सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ । यो होटेलमा पिल्लरदेखि ढोकाका ह्यान्डलसम्ममा सुन लेपन गरिएको छ । बाथरुममा पनि सुनको कला देख्न सकिन्छ । जसले हरेक पाहुनालाई राजर्षि अनुभव मिल्छ ।

यस्तो विचित्र होटेलको नाम बुर्ज अल अरब हो । दुबईको जुमेराहबीचमा अवस्थित यो होटेलको चारैतर्फ नीलो, सफा समुद्र फैलिएको छ । कृत्रिम टापुमा बनेको यो होटलको जग चाहिँ समुद्रभित्र १४८ फिट गहिराइमा छ । यसको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर तथा विशिष्ट होटेलका रूपमा स्थापित गरेको छ । जुमेराह ग्रुपसँग यो होटेलको स्वामित्व रहेको छ । जुन दुबई सरकारको स्वामित्व भएको लग्जरी होटेल चेन हो । यो होटेलको निर्माणमा करिब एक अर्ब डलर खर्च लागेको छ । ३२१ मिटर अग्लो यो होटेल भवनको सन् १९९९ मा निर्माण पूरा भएको थियो ।

बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले तयार गरेको थियो । टम राइटको नेतृत्वमा यसको निर्माण गरियो । यसको आकार एउटा जहाजको पाल जस्तै डिजाइन गरिएको छ । होटेलको इन्टेरियरमा सुनको झलक हरेक ठाउँमा देखिन्छ । यहाँसम्म कि खानाका परिकारमा समेत सुन प्रयोग गरिएको हुन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!