Search

सरकारले कुलमान हटाउनुको कारण गुटबन्दी

सरकारले कुलमान हटाउनुको कारण गुटबन्दी

नेपाल सम्वत् ११४५, चिल्लागाः १२ द्वादसी (१३ चैत्र, २०८१, २६ मार्च, २०२५) बुधबार, बाँपीझ्याला। सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन प्राधिकरणमा गुटबन्दी गरेको आरोप लगाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पठाएको पत्रमा घिसिङलाई प्राधिकरणमा गुटबन्दी गरेको, भारतसँगको सम्झौता अधिकार नभए पनि हस्ताक्षर गरेको, सरकारले गठन गरेको समितिलाई सहयोग नगरेको आरोप लगाएको छ ।

मन्त्रालयले घिसिङलाई पेस गर्नुपर्ने सफाई विवरण सरकारलाई दिनुअगाडि नै सञ्चारमाध्यमलाई दिएको, कार्यसम्पादन सम्झौता समयमै नबुझाएकोलगायत आरोप लगाएको छ ।

सार्वजनिक सञ्चारमाध्यममा संघीय सरकार र संसद्विरुद्ध पटकपटक अभिव्यक्ति दिएको पनि घिसिङमाथि आरोप लगाइएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ । सडकमा आन्दोलनसमेत भइरहेका छन् ।

यता, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भइसकेका छन् । शाक्यले मंगलबार पदभार पनि सम्हालिसकेका छन् ।

सरकारले कुलमानलाई जे जस्तो आरोप लगाएको भएतापनी आज देश कुलमानकै कारणले उज्यालो भएको छ । यस कुरालाई मनन गरी सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । यसरी हुने कुरामा पनी नहुने कुरामा पनी सरकारले लगाई राखेको आरोप प्रत्यारोपको हामी जनताले सामाना गर्दा नेपाली र नेपालको भविष्य उज्जल हुन सहयोग पुगेको हुनेछ । यसबारेमा नेपाली जनता भएर विचार गरौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!