नेपाल सम्वत् ११४५, चिल्लागाः ११ एकादशी (१२ चैत्र, २०८१, २५ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला । कुलमानलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ। खासगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले देशका विभिन्न स्थानमा कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
काठमाडौँको बागबजार क्षेत्रमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राँके जुलुस निकालेको छ। अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओलीको पुतलासमेत जलाएको छ ।
यसै गरी माओवादी केन्द्रले उपत्यका बाहिर दोलखा, हेटौडा लगायत देशका बिभिन्न स्थानमा राँके जुलुस निकाली पुत्ला जलाएको छ ।