नेपाल सम्वत् ११४५ चिल्लागाः ११ (१२ चैत्र, २०८१) मार्च २५, २०२५ ,मंगलबार, बाँपीझ्याला ।निर्देशक तथा अभिनेता निश्चल बस्नेतले जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोजका लागि नयाँ गीत रेकर्ड गर्नुभएको छ । काठमाडौँको स्टुडियो फिलमा उहाँले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गर्नुभएको हो । गीतमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ ।
चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गर्नुभएको छ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।
