Search

सफल व्यवसायी : उद्धव थापा मगर

सफल व्यवसायी : उद्धव थापा मगर
श्रीमती लक्ष्मी श्रेष्ठको साथमा

दोलखा जिल्ला तत्कालिन डाँडाखर्क गाविस वडा नं. २ तोरीखर्क हाल मेलुङ गाउँपालीका वडा नं. ५ डाँडाखर्क निवासी दिवंगत बुबा जय बहादुर थापा मगर र आमा हर्कमाया थापा मगरको कोखबाट वि.सं. २०२३ साल अषाढ १७ गते जन्मनु भएका उद्धव थापा मगर हुन ।

डाँडाखर्क प्रा.बि. मा कक्षा ४ सम्म र त्रिभुवन मावि मेलुङ बाट वि.सं. २०४४ सालमा एस.एल.सी. पास गर्नु भएका उद्धव थापा मगरज्यूले उपत्यका स्थित सरस्वती क्याम्पस ठमेलबाट प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन पुरा गर्नु भएको हो ।

वि.सं. २०४७ साल फागुण १० गते भीमेश्वर नगरपालीका वडा नं. २ कोर्छे दोलखा निवासी दिवंगत मोहन नारायण श्रेष्ठ र सन्तलक्ष्मी श्रेष्ठकी माईली छोरी लक्ष्मी श्रेष्ठसँग प्रेम विवाह गरी बैबाहिक बन्धनमा बाँधिएका हुन् । दुई सन्तान छोरा कपिल थापा मगर र छोरी कोपिला थापा मगर छिन् ।

त्यो अन्तराल तरकारी सप्लाईदेखि सटिङ सुटिङसम्म

छोरी म्याग्दी निवासी दिपक पुन संग वि.सं. २०७८ मा विवाह बन्धनमा बाँधिएकी छिन् भने यसै गरी छोरा कपिल थापा मगर काठमाण्डौ स्वयम्भु निवासी बर्षा शाक्यसंग विवाह बन्धनमा बाँधिएका छिन् ।

वि.सं. २०४५ सालदेखि तरकारी तथा फलफुल सप्लाइ गर्ने व्यवसायीकोमा काम गर्दै होटल व्यवसायीहरुलाई तरकारी सप्लाईबाट व्यवसाय शुरु गरेका मगर वि.सं. २०४५ को मध्यदेखि वि.सं. २०५६ सालसम्म टे«किङ पेशामा रहेको सस्मरण गर्नु हुन्छ । यसै गरी वि.सं. २०५६ सालदेखि कोपिला टे«लर सञ्चालनमा ल्याउनु भएको हो । श्रीमती लक्ष्मी श्रेष्ठले नयाँबजार बहती पोखरीमा वि.सं. २०४८ सालदेखि कोपिला लेडिज एण्ड जेन्स टेलर संचालनमा ल्याईरहेकोले आफु टेलर व्यवसायमा लाग्न अभिप्रेरणा मिलेको बताउनु हुन्छ ।

२ वटा मेसिनबाट टेलर शुरु गरेका मगर हाल १०–१५ जना कालीगढ राखेर सर्टिङ एण्ड सुटिङ चलाई सक्षम र मेहनती ब्यवसायीको नमुना बन्नु भएको छ । यो सवै दोलखा जिल्लावासी र शुभचिन्तक महानुभावहरुको माया अनी ममताले आफुहरु सफल भएको भनाई व्यक्त गर्नु हुन्छ । हाल वहाँहरुले बैङ्क, सहकारी, स्कुल, कलेज, होटेल र रेष्टुरेण्ट लगायत अन्य वित्तिय क्षेत्रहरुमा आवश्यकता अडर अनुसार ड्रेस र स्वदेशी तथा विदेशी कपडाहरु सप्लाई गर्दे आएको बताउनु हुन्छ ।

अन्तरजातिय विवाह नमुना सावित

उद्धव थापा मगर श्रीमतीसँगको भेट यसरी सस्मरण गर्नु हुन्छ, वि.सं. २०४६ सालमा आफुले सरस्वती क्याम्पस पढ्र्दे गरेको बेलामा जीतबहादुर श्रेष्ठ (साँढेभाई) संग भेट भएको र सम्पर्क अनी पारिवारीक चिनजानसँग संगै श्रीमती लक्ष्मी श्रेष्ठसँग भेटघाट भयो । त्यसपछी आफु पनी सोह्खुट्टे स्थित गणेशथान नजिक डेरा गरी बसेको र श्रीमती लक्ष्मी श्रेष्ठपनी त्यही संगै अर्को घरमा डेरा गरी बस्ने भएकोले एकले अर्कोलाई चिन्न र बुझ्न झन सजिलो भयो । यसै गरी त्यो माथि दुवै जनाको घर जिल्ला एउटै दोलखा भएकोले झन नजिक हुन साथ मिल्यो । यसरी एक आपसमा भेटघाट हुदा हुर्दै बोलीचालीमा तिव्रता संगै प्रेम विवाह भयो ।
सामाजिक सेवामा सद्भाव राख्न रुचाउनु हुने व्यवसायी मगर ट्रेलरिङ एसोशिएसन काठमाण्डौको जिल्ला अध्यक्ष, लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रीक ३२५ के को जोन चेयर पर्सन २०२४–२०२५ समेत भईसक्नु भएका छन् । हाल वहाँ हाल काठमाण्डौ महानगरपालीका वडा नं. १६ म्हेपी बस्दै आउनु भएको छ ।

आफु मगरको छोरा र श्रीमती नेवारको छोरी हुदाँ हुर्दै पनी घरपरिवारमा अन्तर जातीय विवाहलाई स्विकार गरेर मायाँ गरेको कारणले आज बैबाहिक सम्वन्ध गाँसेको ३५ बर्ष वितिसक्दा पनी भर्खर बैबाहिक बन्धनमा बाधिएको जस्तै गरी घरपरिवारलाई अगाडी बढाउन र बालबच्चाहरुको व्यवहारीक जिवन सुधारमा सहयोग गर्न सक्षम भएकोमा आफुले गौरव गर्नु हुन्छ ।

यसरी चलिरहेको दैनिकीले अन्य अन्तरजातीय बैबाहिक सम्वन्धमा गाँस्ने युगल जोडिलाई आफ्नो दाम्पत्य जिवनले सरल जिवन विताउनमा उदाहरणिय कार्य गरेको बताउनु हुन्छ । त्यसैले जातले भन्दापनी दिल मिल्नु पर्ने र एक अर्काले दुःख सुखमा साथ दिनु पर्ने वहाँको अभिव्यक्त रहेको छ ।

अन्तमा आफ्नो परिचय पुनः एक चोटी ताजा गराई सस्मरण गराउन सहयोग गर्ने यस बाँपीझ्याला डटकम र सम्पूर्ण टिमलाई आभार सहीत धन्यवाद व्यक्त गर्नु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!