Search

माओवादी अध्यक्ष पूर्व प्रधानमन्त्री दहालबाट नेवाः म्हसिका विमोचन

माओवादी अध्यक्ष पूर्व प्रधानमन्त्री दहालबाट नेवाः म्हसिका विमोचन

नेपाल सम्वत् ११४५, चिल्लागाः ३ तृर्तिया, (४ चैत्र, २०८१, १७ मार्च, २०२५) सोमबार, बाँपीझ्याला । पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादया सिद्धान्त व नेवाः म्हसीका’ सार्वजनिक गरिएको छ ।

ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को हातबाट विमोचन गरी आज नेपा ब्यान्केङ खुसीबुमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

संघीयताविद्को रुपमा समेत परिचित पूर्वमन्त्री श्रेष्ठको नेपालभाषाको पुस्तक आज मंगलबार सार्वजनिक हो ।

कार्यक्रममा विमोचन हुने पुस्तकलाई लिएर प्रमुख वक्ताको रुपमा नेवाः आन्दोलनका अगुवा मल्ल के. सुन्दर, नेवाः देय् दवुका अध्यक्ष पवित्रा बज्राचार्य लगायत नेवाः सामाजिक अभियान्ताहरुले आ–आफ्ना तर्फबाट विचार व्यक्त गर्नु भएको थियो ।

आफुले अहिलेसम्म लेखेका पुस्तकहरु भन्दा यो बिलकुलै भिन्न किसिमको रहेको पुस्तकका लेखक पूर्वमन्त्री श्रेष्ठले बताए ।

‘प्राचीन नेपालमण्डलको आफ्नै मौलिक विशेषता छ । यसरी आज सार्वजनिक गरिएको उक्त पुस्तकले त्यहि नेपालमण्डलको भूगोल र तत्कालीन नेपालमण्डलको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतीक परिस्थिती, संरचनाको दिईएको समेत लेखक पूर्व मन्त्री श्रेष्ठले बताउनु भयो ।

यसको साथमा पहिचानको आन्दोलन र वित्तिय संघीयताको बारेमा पनि जानकारी साथै विश्लेषण पुस्तकमा समावेश गरेको समेत श्रेष्ठले बताए ।

यसरी आज पुस्तक विमोचन कार्यक्रममा नेपाल राज्य भित्रका बिभिन्न संघ–संस्था प्रतिनिधी, भाषा प्रेमी, सामाजिक अभियान्त लगायत उपत्यका बसोबास गर्ने नेवार समूदाय व्यापक सहभागीता रहेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!