नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १६ प्रतिपक्ष, (२ चैत्र, २०८१, १५ मार्च, २०२५) शनिवार, बाँपीझ्याला, दोलखा । दोलखाबाट प्रशारण भईरहेको हाम्रो रेडियो १०३.४ मेगाहर्ज आजबाट स्थापनाको १७ वर्ष पुरा गरि १८ औँ वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं रेडियो स्टेशन मेनेजर लक्ष्मण खड्काले रेडियो स्थापनाकालदेखि हालसम्म बिभिन्न माध्यमबाट सहयोग गर्नु हुने सम्पुर्ण स्रोता, विज्ञापन दाता, सहयोगी तथा शुभेच्छुकहरुप्रति हार्दिक आभार सहीत विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ ।
यसै गरी रेडियो स्थापनामा महत्वपुर्ण योगदान गर्नुहुने हाम्रो रेडियोका अध्यक्ष पूर्व मन्त्री नेकपा माओवादीका युवा नेता विशाल खड्कालाई हार्दिक आभार सहीत विशेष धन्यवाद व्यक्त गर्नु भएको छ । साथै सम्पुर्ण सञ्चालक टिमप्रति हार्दिक आभार व्यक्त गर्दै स्थापनाकालदेखि हालसम्म रेडियोमा रहि योगदान गर्नुहुने सम्पुर्ण रेडियोकर्मी साथीहरुलाई स्मरण गर्नु भएको छ ।
१७ वर्ष लामो यात्रामा हाम्रो रेडियोले सूचना र सञ्चारको क्षेत्रमा अविचलित रुपमा योगदान गरिरहेको छ र आगामी दिनमा पनि गरिरहने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
१८ औं बर्षको शुभअवसरमा बाँपीझ्याला मिडिया परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।