नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १५ पुर्णीमा, (१ चैत्र, २०८१, १४ मार्च, २०२५) शुक्रबार, बाँपीझ्याला । प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भः डिजिटल भुक्तानी र क्रस–बोर्डर कारोबारमा नयाँ युगको सुरु नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १५ पुर्णीमा, (१ चैत्र, २०८१, १४ मार्च, २०२५) शुक्रबार, बाँपीझ्याला । प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भः डिजिटल भुक्तानी र क्रस–बोर्डर कारोबारमा नयाँ युगको सुरुवात गरेको छ ।
.
मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तीनाथ परिसरमा आज एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीको प्रमुख आथित्यतामा भीम युपिआइ सेवा शुभारम्भ गररएको छ । उक्त सेवाको शुरुवात संगै अब भारतका नागरिकहरुले आफ्नो बैंक खाताबाट भीम युपिआइ मार्फत क्युआर स्क्यान गरी मुक्तीनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य अन्य भुक्तानी गर्न सक्ने भएका छन् भनी विज्ञप्तीमा भनिएको छ ।
यसै गरी विज्ञप्तीमा भनिएको छ, मुक्तीनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरुलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गररएको छ । साथै, यो सुविधा क्रस–वोर्डर (सिमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गने महत्वपूर्ण प्रयास भएको छ । जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पू¥याउने अपेक्षा गरिएको छ ।

आज विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका वनदेशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैङ्क पोखरा प्रादेशिक कार्यालयका प्रमुख दिपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राणा मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिती, सवमवत, धार्मीक गुरुहरू, बैंकका उच्च पदाधिकारीहरु तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले भीम युआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाइ प्रवद्र्धन गदै वित्तीय समावेशलाई बलियो बनाउने उल्लेख गर्नु भयो । उहाँले भक्तजनहरुको लागि यो प्रविधी सुरक्षित, पारदर्शी र सरल हुने विश्वास गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन बिभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने आश्यकता औंल्याउनु भयो । गर्भनर अधिकारीले नेपाल राष्ट्र बैंक लिमिटेड, लि. अभियानलाई प्राथमिकता दिर्दै आएको र यस्ता नविनतम प्रविधिहरूको प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले डिजिटल भुक्तानी प्रविधीलाई नेपाल भर सर्व सुलभ बनाउने तथा वित्तीय पहुचलाई विस्तार गर्ने दिशा राष्ट्र बैंकले आवश्यक निती तथा कार्यक्रमहरु अघि बढाउने उल्लेख गर्नु भयो । यस अवसरमा प्रभु बैंकका प्रतिनिधहरूले बैंक प्रविधीमा निरन्तर अग्रसर रहेको जानकारी गराउँर्दै बैंकले देशभर ७७ वटै जिल्लामा ३ सय १२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको र देश–विदेशमा उत्कृष्ट् रेवमटेन्स सोही उपलब्धी आएको बताए ।
नेपाल राष्ट्र बैंकका गर्भनर कार्यकारी निर्देशक निर्देशक बैंकका प्रवक्ताहरु तथा अन्य विशिष्ट व्यक्तीहरुले भीम युविआई सोकोे शुभारम्भ मुक्तीनाथका क्षेत्रका महत्वपूर्ण उपलब्धी भएको बताउँर्दै नेपालमा डिजिटल वित्तीय सो विस्तारको वदला यो अको महत्वपूर्ण कदम हुने उल्लेख गरेका छन् ।
