Search

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नेपाल सम्वत् ११४५ चिल्लाथ्वः १४ (२९ फाल्गुन, २०८१) मार्च १३, २०२५ ,बिहिबार, बाँपीझ्याला ।रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले १-० को जित हासिल गरेपछि समग्रमा २-२ को नतिजा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस अघि पहिलो लिग रियल म्याड्रिडले २-१ गोल अन्तरले जितेको थियो । पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडका जुलियन अल्भारेज, एन्जल कोरिया र मार्कोस लियोरेन्टले पेनाल्टी मिस गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले अब क्वाटरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!