
नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १४ चर्तुदशी, (२९ फागुण, २०८१, १३ मार्च, २०२५) बिहीबार, बाँपीझ्याला, दोलखा । हिजो राती वर्षा सँगै परेको चट्याङले लागेर दुइवटा भैंसी र पाडो मरेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीका अनुसार शैलुङ गाउँपालिका – ८ दाङ स्थित कुमार श्रेष्ठको गोठमा चट्याङले लागेर गोठमा रहेको भैसी र भैसीको पाडो मरेको हो ।
तर अन्य कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।