

नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १३ त्रयोदशी, (२८ फागुण, २०८१, १२ मार्च, २०२५) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ४ लाख ७२ हजार ३ सय रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।
गत माघ १५ गतेदेखि फागुण २५ गते २०८१ सम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनु भयो ।
दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले मासिक रुपमा भगवान भीमेश्वरमा भक्तजन महानुभावहरुले चढाएको भेटीहरु सार्वजनिक गर्दै आएको छ भनी कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।