
नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १२ द्वादसी, (२७ फागुण, २०८१, ११ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला, दोलखा । शैक्षिक गुणस्तरलाई सुधार गर्न र शिक्षामा सीप विकासका लागि भीमेश्वर नगरपालीका वडा नं. २ तिखातल दोलखा स्थित तिखातल प्राथमिक विद्यालयमा शैक्षिक मेला सञ्चालन गरिएको छ।

शैक्षिक मेला विद्यार्थीले वर्षभरिमा सिकेका कुराहरू प्रदर्शन गर्ने एक किसिमको पर्व हो। मेला आयोजनाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकास लगायतका कार्यक्रमको विम्ब समेटेको छ।
सिकाइमा सीप विकासका लागि निरन्तर अभियानअन्तर्गत शैक्षिक गुणस्तरलाई सुधार गर्न विद्यार्थीमा व्यावहारिक ज्ञान बढाउने र अभिभावक, विद्यार्थीमा आआफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर जोशीले बताउनु भयो ।