Search

स्ववियु निर्वाचन : त्रिविका ५५ क्याम्पसमा उम्मेदवारी दर्ता

स्ववियु निर्वाचन : त्रिविका ५५ क्याम्पसमा उम्मेदवारी दर्ता

नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १२ द्वादसी, (२७ फागुण, २०८१, ११ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।

देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।

काठमाडौँ उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुन (आज)का लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको परिषद्ले जानकारी गराएको छ ।

विद्यार्थीहरूको विवाद, भर्नाको विषय लगायतका कारणले नेपाल ल, पब्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेको छैन । उपत्यकाका अरु क्याम्पसमा भने उम्मेदवारी दर्ता भएको त्रिविले जनाएको छ ।

मधेस २, काठमाडौँका ४ र लुम्बिनीको एक गरी सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको बताइएको छ ।

रोकिएका स्थानमा १५ दिनभित्र गर्नुपर्ने भनिएकाले चैत ५ वरपर निर्वाचन हुने अपेक्षा गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!