फाल्गुन महिनाको शुक्ल अस्टमिको दिन देखि बेलुनमा रङ हानेर र अबिर दलेर फागु खेल्न सुरु हुन्छ । पूर्णिमाको दिन धुमधामले बाजागाजा सहित नाच गान गरेर सहर परिक्रमा गरेपछि फागु उत्कर्षमा पुग्छ र समाप्त हुन्छ। फाल्गुन महिनाको पुर्णेको दिन पर्ने भएकोले यो पर्व लाई नेपालमा फागु पुर्णे भन्ने गरिन्छ भने भारत तिर होली भन्ने प्रचलन छ। फागु पुर्णे भनीए पनि पहाडमा चतुर्दशीको दिन र तराइमा पुर्णिमाको दिन फागु पर्व मनाउने गरिन्छ ।

प्रा. डा. श्याम जोशी
होली कसरी सुरु भयो भन्ने सम्बन्धमा हिन्दु ग्रन्थमा विभिन्न किम्बदन्ती पाइन्छन्। एउटा भनाइ अनुसार प्रेमको देवता कामदेवले होलीको दिन कामबाण हानेर तपस्यालिन भगवान् शिवको तपस्या भङ्ग गरेकोले शिवले क्रोधबस सजाय स्वरुप कामदेबलाइ भस्म गरेका थिए ।कामदेवकी पत्नी रतिले बिलौना गर्न थाले पछि शिवको मन पग्लियो । शिवले “ द्वापर युगको अन्तमा श्रीकृष्णको छोरा प्रधुम्न भएर तिम्रो पतिको पुनर्जन्म हुनेछ र तिमीहरुको भेट हुनेछ “ भनेर बरदान दिएका थिए । त्यही भएर होलीको रात खुसियालीको आगो बालेर रमाइलो गर्ने चलन छ भनिन्छ।
दोस्रो किम्बदन्ती अनुसार होली भारतको मथुराको ब्रज भनिने स्थान बाट उदगम भएको हो। मथुरा भगवान श्रीकृष्णको जन्मस्थान नै मानिन्छ । भगवान श्रीकृष्णको प्यारी अर्धाङ्गिनी राधा लगायत गोपिनीहरू सङ्ग नाचगान गर्ने, रङ्ग खेल्ने जस्ता रमाइलो मनोरन्जन हुन्थ्यो जस्लाइ रासलीला भनिन्छ।अतः उक्त प्रणय लीलाको स्मरण स्वरुप होली मनाउन थालिएको हो भन्ने गरिन्छ । सोहि कारण मथुरामा अहिले पनि रंगीचंगी पिङ बनाएर र अबिर र रङ्ग खेलेर होली धुमधामका साथ मनाइन्छ।
सबभन्दा प्रचलित किम्बदन्ती राजा हिरण्य कश्यप संग सम्बन्धित छ। सो किम्बदन्ती अनुसार राजा हिरण्य कश्यप सङ्ग देवताहरूले बिजय प्राप्त गरेको खुसियालीमा होली मनाइन्छ।कथा अनुसार हिरण्य कश्यप नास्तिक र अहङ्कारी थिए । उनमा आफू इश्वर भन्दा शक्तिशाली भएकोले कसैले मार्न सक्दैन भन्ने दम्भ थियो।उनकै छोरा प्रल्हाद भने भगवान विष्णुको भक्त थिए जुन उनलाई असह्य भएको थियो।त्यसैले उनले अग्निले असर गर्न नसक्ने आफ्नी बहिनी होलीका लाई प्रल्हाद लाइ काखमा राखेर बलिरहेको आगोमा बस्न अराए। दाजुको आज्ञा शिरोपर गरेकी होलीका आगोमा खरानी भए, तर प्रल्हाद लाई रतीभर केही भएन।यहि होलीका दहनको खुसियालीमा यो पर्व मनाउने गरिएको हो भनिन्छ।होली भन्ने नाम पनि होलीका बाट नै उदगम भएको मानिन्छ।
देवताहरुले हिरण्य कश्यप लाई पाठ पढाउने निर्णय गरे।उनलाइ सजिलै किसिमले मार्न नसकिने भएकोले देबताहरुले चलाखी दाउ अपनाए।भगवान शिवले अर्ध–पुरुष र अर्ध–नारी समिश्रित जनावरको रुप लिएर (नरसिंह अवतार) उनलाई मारे।यस्तो जनावर सङ्ग उ केही गर्न असमर्थ थिए र प्रतिकार गर्न सकेनन् । उनको आतंक बाट सबैलाई छुटकारा मिल्यो।त्यसैले हिरण्य कश्यप संग देवताहरुको जितको खुसियालीमा होली मनाइन्छ पनि भनिन्छ।
किम्बदन्ती त हिन्दुहरु को प्रत्यक चाडपर्व संग जोडीकै हुन्छ।यथार्थमा धेरै जसो पर्व मौसम वा ऋतु परिवर्तन भयेको अबसरमा मनाइन्छ। ।होली पर्व फाल्गुन महिनामा बसन्त ऋतुको आगमनको खुसियालीमा मनाइने गरिन्छ।होली नयाँ बाली लगाउने मौसम को आगमन को खुसियाली को पर्व हो। यो पर्वमा मानिसहरुले एकअर्का लाई अबिर र रङ छर्ने गर्छन। शरद ऋतुको कठाङ्गृदो जाडो भुलेर वसन्त ऋतुको प्रारम्भ भएकोमा खुसी मनाउछन। मौसम अत्यधिक जाडो बाट न्यानोमा परिबर्तत हुन थाल्छ। वसन्त ऋतुको आगमनले गर्दा रुख बिरुवाहरूमा पात पलाउने र फूल फुल्न थाल्छ। चराहरु चिर्बिर गर्दै प्रणयमा रमाउने र चल्ला कोरल्न गुढ बनाउने तर्खर गर्न थाल्छ्न।
होली पुरानो रिसराग र वैमनस्य बिर्सेर आपसमा माया साटेर उत्साह र उमंगका साथ मनाइने आपसी सदभाव र भाइचाराको पर्व हो। काठमाण्डौ उपत्यका र पहाड तिर पुर्णेको दिन होली मनाइन्छ भने तराइ तिर भोलिपल्ट मनाउने चलन छ क्ष् दसैँ तिहार जस्तै यो पर्व पनि हिन्दु तथा बुद्धधर्मीहरु दुबैले उतिकै उत्साहका साथ मनाउछन। विश्वकै बिभिन्न देश जस्तै श्रिलन्का, थाइल्यान्ड, स्वीडेन, फ्रान्स, जापान, बेल्जियममा पनि बर्षको बिभिन्न समयमा आआफ्नै किसिमले होली मनाइने प्रचलन पाइन्छ। होली आपसी प्रेमको पर्व हुनु को अतिरिक्त रङ, नृत्य र गीतको पर्व हो।बच्चा देखि बृद्ध सम्म ले एक आपसमा अबिर दल्ने, बेलुन र पिचकारीले रङ छ्याप्ने गर्छन।
सतप्रतिसत हिन्दुहरु बसोबास गर्ने विशुद्ध नेवारी बस्ती प्राचीन सहर दोलखामा पनि धुमधामका साथ होली पर्व मनाइन्छ। दोलखामा पनि अस्टमि देखि रङ खेल्न भए पनि पुर्णेको अगिल्लो दिन सम्म केवल केटाकेटी मात्र होली आएको सङ्केत गर्ने गरि अलि अलि रङ हानेर फागु खेल्छ्न।
कुस्ले जातिहरूले पुर्णेको अगिल्लो दिन नै फागु पर्व मान्ने गर्छन जसलाई “जोगी (कुस्ले) फागु” भनिन्छ ।तर उनीहरुले फागु पर्व दिनमा नभएर रातमा मनाउछन।सो रात उनीहरु आफ्नै खाले बाजा बजाएर दोलखा सहर परिक्रमा गछ्र्न। परम्परागत रुपमा उनीहरुले अश्लिल गीत पनि गाउने गर्छन भनिन्छ। त्यसैले होला उनिहरुको फागु नेवारहरू ले अबलोकन गर्दैनन् र सहभागी पनि हुदैनन। तर कहिलेकाही उनीहरुले भन्दा पनि नेवार युवाहरुले जोगी फागुको आवरणमा अश्लिल गीत गाएर फागुको विकृत रुप देखाउने गर्छन।
दोलखा सहर परम्परागत रुपमा माथिल्लो टोल र तल्लो टोल गरि दुई भाग मा बाँडिएको छ।जात्रा , चाडपर्व उही भए पनि केही जात्राहरू प्रतिस्पर्धात्मक रुपमा दुई टोल बाट बेग्ला बेग्लै निकाल्ने चलन छ। दोलखाका तीन मुख्य जात्रा मध्य हिल्रे जात्राको अबसरमा निकालिने भैरव कुमारी जात्रा , बडादसैमा निकालिने खड्ग जात्रा अनि बैसाख महिनामा मनाइने मच्छिन्द्रनाथ जात्रा एउटा मात्र हुन्छ।तर लाखे निकाल्ने (ठुलो लाखे बाहेक) , फागु मनाउने, गाईजात्रा निकाल्ने, कालिन्चोक जाने आदि भने बेग्ला बेग्लै हुन्छ। त्यसैले फागु पुर्णेको दिन तल्लो टोल र माथिल्लो टोलको समूह बेग्ला बेग्लै सहर परिक्रमा गर्छन। होली खेल्ने टोलि दोलखाको परम्परागत बाजा बजाएर होलीको गीत गाएर नाच्दै पिचकारी हान्दै अगाडि बढछन्। होलीको गीत दोलखाका अधिपति दोलखालीका मूल इस्ट देवता श्री ३ भीमेश्वरमा समर्पित हुन्छ –
“मजाको होली जाइजान लाग्यो,
फाटन लाग्यो छाती हो,
जय जय भिमेस्वर हर हर शम्भु,
छेत्रपति महाराजा हो ……, ।”
पितृसत्तात्मक समाज भएकोले महिलाहरु उक्त फागु खेल्ने टोलीमा समावेश हुदैनन। महिलाहरु घर घर र टोल टोलमा नै आपसमा अबिर दलेर रमाइलो गछ्र्न।तर खास गरि युवतिहरु आ–आफ्नो घरको बार्दली, झ्यालमा लुकेर फागु खेल्ने टोलीको प्रतिक्षामा बसिरहेका हुन्छन। फागु टोलि बाजा बजाएर आएपछी युवतिहरुले बाटा, बाल्टिन आदि ले रङ्ग खन्याउछ्न। केटाहरु पिचकारी र बेलुन हानेर युवतीहरुलाई प्रत्युत्तर दिन्छ्न।
सहर परिक्रमा सकिएपछि मुख्य जात्रा सकिन्छ। त्यस्पछी दुबै टोलि दोलखाको प्रख्यात “राइति“ भनिने तीन धारा गएर नुहाएर रङ्ग पखाल्छ्न। अबिर र रङ्गको मैलो पखालेर शुद्ध भएपछि “घाटो“ भनिने अर्कै गीत गाएर भीमेश्वर मन्दिर जान्छन। घाटो गीत ठटेउलि किसिमले गाउने गरिन्छ ।
घाटो गाएर हिड्ने समयमा रङ्ग हान्ने र अबिर दल्ने कार्य बिल्कुलै हुँदैन। भीमेश्वर मन्दिर पुगे पछि फागु विधिवत समाप्त हुन्छ। अरु जात्रामा जस्तै फागुमा पनि नेवारी बस्तिमा धेर थोर रक्सी चल्ने गर्छ नै। त्यसैले कहिले काहीँ तल्लो टोल र माथिल्लो टोलको समूह झम्का भेट हुदा एक अर्को लाई जिस्क्याउने गर्दा झडप पनि हुने गर्छ। यसलाई चै होली को बिकृति मान्नु पर्छ।