Search

दोलखा जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमालाई मर्यादित बनाउन आग्रह

दोलखा जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमालाई मर्यादित बनाउन आग्रह

नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १२ द्वादसी, (२७ फागुण, २०८१, ११ मार्च, २०२५) मंगलबार, बाँपीझ्याला । दोलखा जिल्ला प्रशासन कार्यालयले होली पर्व, फागु पूर्णिमालाई मर्यादित बनाउन दोलखा जिल्लावासी लगायत सम्पूर्णमा आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाले एक सूचना जारी गर्दै फागुपूर्णिमा (होली) मनाउने नाममा कुनै पनि अवाञ्छित गतिविधिहरु जस्तै कोही कसैको इच्छा विपरित रङ्ग, लोला तथा पानी छ्याप्ने, इच्छा विपरित कसैलाई लागु पदार्थ, मादक पदार्थ तथा नसालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक ठाउँहरुमा होहल्ला गर्ने, कुनै पनि व्यक्तिको निजी जिबनमा असर पर्ने खालका कार्यहरु नगर्न आग्रह गर्दै सूचना जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिमराम गेलालद्वारा हस्ताक्षरित उक्त जारी सूचनाको अवज्ञा गरी प्रचिलत कानून, सामाजिक सद्भाव, शान्ति सुव्यवस्था कार्य लगायत गतिविधिहरु गरे÷गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जानकारी गराईएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!