Search

उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप

उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप

नेपाल सम्वत् ११४५ चिल्लाथ्वः ११ (२६ फाल्गुन, २०८१) मार्च १०, २०२५ ,सोमबार, बाँपीझ्याला ।उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट दक्षिण कोरियातर्फ धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आफ्नो क्षेत्रतर्फ मिसाइल प्रहार गरेको जानकारी दिएको छ ।

रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन् । सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो र यसले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ खराब बनाउने बताएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!