
नेपाल सम्वत् ११४५, चिल्लाथ्वः १० दशमी, (२५ फागुण, २०८१, ९ मार्च, २०२५) आईतबार, बाँपीझ्याला । स्यस्यः समाज ललितपुरको आफ्नो संस्थाको दशौं बार्षिक सभाको अवसरमा समाजसेवी सकुना श्रेष्ठ मलेकुलाई सम्मान गरिएको छ ।
संस्थाको दशौं बार्षिक साधारण सभामा आफुलाई सम्मान गरिएकोमा समाज र पुल्चोकवासी प्रति हार्दिक आभार व्यक्त गर्दै समाजका सम्पूर्ण परिवारमा विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
यसै गरी समाजले पुल्चोक र ललितपुरवासीलाई सामाजिक सेवाको क्षेत्रमा पू¥याउनु भएको योगदानको कदर गर्दै समाज र समाजका पदाधिकारी तथा सम्पूर्ण परिवारजनमा आजको दिनमा झै आगामी दिनमा पनी काँधमा काँध र साथमा साथ मिलाएर जाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
