नेपाल सम्वत् ११४५ चिल्लाथ्वः १० (२५ फाल्गुन, २०८१) मार्च ९, २०२५ ,आइतबार, बाँपीझ्याला ।सेयर बजार परिसूचक (नेप्से) आज घटेको छ । नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज २४ कम्पनीको मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको छ । बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज पनि गार्डियन लाइफसहित तीन कम्पनीको इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

त्यसरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन् । उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । बजारमा सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ ।
