
नेपाल सम्वत् ११४५, चिल्लाथ्वः ९ नवमी, (२३ फागुण, २०८१, ८ मार्च, २०२५) शनिवार, बाँपीझ्याला । दोलखाका युवा समाजसेवी नेपाली काँग्रेस दोलखा जिल्ला प्रवक्ता राकेश श्रेष्ठलाई दोलखाली संघ–संस्थाले दोलखावासी र संघ–संस्थाको तर्फबाट सम्मान गरिएको छ ।

नेपाल सरकारको निर्णय अनुसार युवा समाजसेवी राकेश श्रेष्ठलाई भूमी समस्या समाधान आयोग दोलखाको अध्यक्षमा नियुक्ती गरेको हो । यसै सन्दर्भमा उहाँको कार्यकालको सफलताको शुभकामना सहीत दोलखाका स्थानिय संघ–संस्था र दोलखावासीको तर्फबाट आज काठमाण्डौ स्थित चोभारमा आयोजना गरिएको बनभोज तथा दोलखावासीको भेलामा सम्मान गरिएको हो ।
यसरी सम्मान गर्ने संघ–संस्थाहरुमा द्वाल्खा गुठी, कालिञ्चोक युवा क्लव, बनारसी सहयोगी हातहरु, द्वाल्खा म्यासमुचा खलक, समकालिन एकता समाज नेपाल, साथीको लागि साथी, साथी कल्याणकारी, छिजि द्वाल्खा डोबर, बाँपिझ्याला मिडिया प्रा.लि, नेवाः देय् दवु र तिनधारा मिडिया तर्फबाट सम्मान पत्र सहीत सम्मान गरिएको थियो ।