Search

कुलमानलाई हटाउने सरकारको तयारी, ७२ घण्टाको म्याद

कुलमानलाई हटाउने सरकारको तयारी, ७२ घण्टाको म्याद

नेपाल सम्वत् ११४५, चिल्लाथ्वः ७ सप्तमी, (२२ फागुण, २०८१, ६ मार्च, २०२५) बिहीबार, बाँपीझ्याला । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको हो ।

यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिदा हटाउने प्रक्रिया अघि बढाएको थियो । कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।

बुधबार मात्र संसदमा कुलमानलाई हटाए आन्दोलन गर्ने चेतावनी माओवादी, रास्वपा र राप्रपाका नेताहरूले दिएका थिए। यसै गरी नेपाली जनता सरकारको कुलमान हटाउने अभियानको विरुद्ध रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!