Search

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

नेपाल सम्वत् ११४५ चिल्लाथ्वः ३ (१८ फाल्गुन, २०८१) मार्च २, २०२५ ,आइतबार, बाँपीझ्याला ।नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ। फागुन १९ देखि फागुन २३ सम्म सञ्चालन हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले ६०% सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचर प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार, क्याम्पेन अवधिमा ग्राहकहरूले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटहरूको लाभ उठाउन सक्नेछन्। सिताफिल, अइविबी, डा. केयर लगायतका ब्रान्डहरूमा ६०% सम्मको छुट उपलब्ध हुनेछ, जसलाई हरेक दिन अपडेट गरिनेछ।

यसका साथै, बेस्ट प्राइस ग्यारेन्टी (BPG) कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालका अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ। तर, यो सुविधा केवल तोकिएको मापदण्ड अनुरूप दावी गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ। ३.३ क्याम्पेनको अर्को विशेषता निःशुल्क डेलिभरी सुविधा हो। रु. ४९९ वा सोभन्दा बढीको खरिदमा चुनिएका विक्रेताहरूबाट निःशुल्क डेलिभरीको सुविधा दिइनेछ। ग्राहकहरूले दराज एपको “फ्री डेलिभरी” ब्यानर क्लिक गरी आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।

दराज नेपालका कम्युनिकेशन म्यानेजर प्रारम्भ दाहालका अनुसार, ३.३ क्याम्पेन ग्राहकहरूको अनलाइन किनमेल अनुभवलाई थप उत्कृष्ट बनाउन केन्द्रित छ। थप जानकारीका लागि ग्राहकहरूले www.daraz.com.np, दराज नेपालको फेसबुक पेज वा दराज एप ब्राउज गर्न सक्नेछन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!