Search

७५ अंकले बढ्यो सेयर, १४ अर्बमाथिको कारोबार

७५ अंकले बढ्यो सेयर, १४ अर्बमाथिको कारोबार

नेपाल सम्वत् ११४५ चिल्लाथ्वः ३ (१८ फाल्गुन, २०८१) मार्च २, २०२५ ,आइतबार, बाँपीझ्याला ।कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकैदिन ७५.२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०.२८ बिन्दुमा पुगेको छ । आज ३०२ कम्पनीका १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरका दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर एक लाख ३९ हजार ५९६ पटकमा खरिद बिक्री भएका हुन् ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । आज १९६ कम्पनीको सेयर मूल्य बढेको र ४४ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ । हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!