नेपाल सम्वत् ११४५, चिल्लाथ्वः ३ तृतिया (१८ फागुण, २०८१, २ मार्च, २०२४) आईतबार, बाँपीझ्याला । प्रशिद्ध धार्मीक पर्यटकिय गन्तव्य दोलखाको कालिञ्चोकमा शुक्रवार र शनिवार हिमपात भएको छ । शुक्रवार रातीबाट शुरुभएको हिमपात शनिवारपनी निरन्तरता परिरहेको थियो ।
यसै गरी दर्शनको लागि कालिञ्चोक गएका भक्तजन तथा आन्तरीक पर्यटकहरु कुरीबास बाटै फर्केका थिए । कति भक्तजन कुरीबाटै फर्के भने कति हिउमा मज्जा लिर्दै हजारौंका संख्यामा टिकटक बनाउने, नाच्ने, हिउँमा फोटो खिच्ने दृश्यले थप मनोरञ्जन प्रदान गरिएको थियो ।
यस बर्षको हिमपात यो पटक पहिलो हो भन्ने स्थानिय होटेल व्यवसायीहरुको भनाई रहेको थियो । १३ हजार ६ शय २ फिट उचाईमा अवस्थित कालिञ्चोक भगवतीको दर्शन गर्न हजारौंको संख्याका जाने गर्दछन् । काठमाण्डौ उपत्यकाबाट ६ घण्टाको धुरीमा रहेको दोलखा प्रसिद्ध गन्तव्य मध्ये कालिञ्चोक विशेष गरी युवापुस्ताको लागि आकर्षण केन्द्र मानिएको छ ।
