Search

सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प, काठमाडौं आसपासमा ठूलो धक्का महसुस

सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प, काठमाडौं आसपासमा ठूलो धक्का महसुस

नेपाल सम्वत् ११४५, सिल्लागाः १५ औसी (१६ फागुण, २०८१, २८ फ्रेवअरी, २०२४) शुक्रवार, बाँपीझ्याला । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

भूकम्पविद् भरत कोइरालाले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको भैरवकुन्ड आसपासमा केन्द्रबिन्दु गएर भूकम्प गएको छ ।

“सिन्धुपाल्चोकको भैरव कुन्ड ताल आसपास केन्द्र बनाएर भूकम्प गएको छ,” भूकम्पविद् कोइरालाले बाह्रखरीसँग भने, “राति २ : ५१ बजे भूकम्प मापन गएको छ ।”

उनका अनुसार भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ । भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका र आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!