Search

१० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडको जित

१० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडको जित

नेपाल सम्वत् ११४५ सिल्लागाः १४ (१५ फाल्गुन, २०८१) फेब्रुअरी २७, २०२५ ,बिहिबार, बाँपीझ्याला ।म्यानचेस्टर युनाइटेडले इप्सिच टाउनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले इप्स्वीच टाउनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा माथिस डी लाइट र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए भने एक गोल इप्स्वीच टाउनका साम मोर्सीले आत्मघाती गोल गरेका थिए । त्यस्तै इप्स्वीचका लागि जाडेन फिलोगेनले दुवै गोल गरेका थिए । त्यस्तै यस खेलमा प्याट्रिक डोर्गुले खेलको ४३औं मिनेटमा रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ३३ अंक भएको छ र लिगमा १४औ स्थानमा रहेको छ । यस्तै इप्स्वीचको २७ खेलमा १७ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!