Search

दोलखा भीमेश्वर एक शिला तीन अवतार, सहस्र नाम

दोलखा भीमेश्वर एक शिला तीन अवतार, सहस्र नाम

प्रा. डा. श्याम जोशी

एकदिन एकजना प्राध्यापक मित्रले कुरै कुरामा मलाइ सोध्नुभयो – दोलखाको देवता भीमसेन कि भिमेस्वर हो ? मैले तुरुन्त दुवै हो भने र “एक शिला तीन अबतार”को प्रसंग सुनाएँ ।

एकदिन एकजना प्राध्यापक मित्रले कुरै कुरामा मलाइ सोध्नुभयो – दोलखाको देवता भीमसेन कि भिमेस्वर हो ? मैले तुरुन्त दुवै हो भने र “एक शिला तीन अबतार”को प्रसंग सुनाएँ । तर मलाइ खुल्दुलीत लागिनै रह्यो र त्यसको बारे खोजीनिती गरें जसबाट निम्नलिखित तथ्य फेला परे ।

भगवान भीमेस्वरलाइ  सर्बप्रथम “एक शिला तीन अवतार “ बिशेषन प्रयोग गरेर भीमेश्वरको महिमा बारे लेख लेख्नुहुने (हाम्रो संस्कृति, २०२४) र ढाक्रेहरुले भीमसेनको मुर्ति स्थापना गरेको पौराणिक कथा उल्लेख गर्नुहुने  गौरीशंकर क्याम्पसका पुर्बप्रमुख दिवंगत बाल कृष्ण जोशीले आफु दिवंगत हुनु पुर्ब उक्त लेखको परिमार्जन गरिराख्नु भएको भेटियो ।  त्यसमा उहाँले भीमसेनको मुर्ति स्थापना सम्बन्धमा उक्त लोकप्रिय पौराणिक कथा बाहेक अर्को एक पौराणिक कथा यस्तो थप्नु भएको छ –     

“भीमेश्वरको उत्पति सम्बन्धमा अर्को पनि जनश्रुति पाईन्छ । गुप्त बासको समयमा पाण्डवहरू बन जंगल, डाँडाकाँडा हुदै दोलखा शहर आइपुगेका थिए । यो समयमा द्रोपती अत्यन्त थकित भएर हिड्न असमर्थ भएकी थिइँन र आफ्नो अशक्त अबस्था बारे सबैलाई बताउदै रुन थालिन । तिनको अशक्त शारीरिक अबस्था लाई ध्यानमा राखी पांच पाण्डब मध्यका माइला भीमसेनले गौरीशंकर हिमाल तर्फ हेरी भगवान महादेवको ध्यान गरि महादेवको पुजा आराधना गरे पछि द्रौपती स्वस्थ भइ हिड्न सक्षम भइन।”

भीमसेन द्वारा स्थापित महादेवको मुर्ति भएकोले यो शिला लाइ भिमेस्वर भनिएको हो ।

“महादेवको आफ्नो परिवार प्रति त्यस्तो अनुग्रह देखे पछि भीमसेनले त्यहाँ “महादेवको शिबलिङ्ग” स्थापना गरे । यसरी भीमसेन द्वारा स्थापित महादेवको मुर्ति भएकोले यो शिला लाइ भिमेस्वर भनिएको हो । यसलाई महादेवको मुर्ति नै भन्ने यो कारण पनि हो कि महादेवको बिबिध नामको पछाडी “इश्वर जोडेर आउने धेरै थरिका महादेव छन् जस्तै पाटनका कुम्भेश्वर, पनौतीका इन्द्रेस्वर, बनेपाका चण्डेस्वर, सिपाडोलका ड़ोलेस्वर र देबपतनका किराँतेश्वर आदि ।”

त्यस्तै भारतमा अत्यन्त प्रख्यात भगवान राम द्वारा स्थापित महादेवको मुर्तिलाइ पनि रामेश्वर भनिन्छ । यसको संक्षिप्त कथा यस्तोछ –

रामले रावणलाइ श्रीलंकामा बध गरेपछि पुन गन्धमर्दन पर्बत फर्के । ऋषिहरूले राम लाइ एक ब्राह्मण रावण बध गरेको पाप बाट मुक्ति पाउँन शिवलिङ्ग सामुन्ने प्रायश्चित गर्न सल्लाह दिए । रामले रामेश्वरमा लिङ्ग प्रतिस्थापन गरेर पुजा गर्ने निधो गरे । तर त्यहा लिङ्ग नपाइएकोले हनुमानलाई शिवजी संग मागेर लिङ्ग लिएर आउँन कैलाश पठाए । तर लिङ्ग प्रतिस्थापन गर्ने शुभ साइतमा हनुमान आइपुग्न सकेनन् । त्यसैले सीताले बालुवा बाट लिङ्ग बनाए । श्रीरामले उक्त लिङ्ग प्रतिस्थापन गरेर पुजा गरे । रामले प्रतिस्थापन गरेकोले यहि लिङ्गलाइ रामलिङ्ग वा रामेश्वर भन्न थालियो ।

केहि समय पछि लिङ्ग लिएर हनुमान फर्के पछि काम सकिसकेको देखेर उनि दुखित भएको देखेर रामले उनलाई सान्त्वना दिंदै सोहि लिङ्गको नजिकै उनले ल्याएको लिङ्ग प्रतिस्थापना गर्न लगाए र भने – तिर्थयात्रीहरुले रामेश्वरको पुजा गर्नु अघि उसले ल्याएको काशी बिस्वनाथ लिङ्ग लाइ पुजा गर्नु पर्नेछ । यहि चलन अहिले सम्म चलिआएको छ ।

दोलखामा पनि स्थानीयले भीमसेन देवतालाइ “भीमसीनदेउ” भन्छन जसको अर्थ भीमेश्वर हो । तसर्थ भीमसेनको शिला भीमसेन देवता पनि हो र भीमेश्वर पनि हो भन्ने देखाउँछ । भीमसेनलाइ महाराजको रुपमा प्रत्यक दिन गरगहनाले सुसज्जित गरेर रासपुजा भनिने नित्य पुजा गरिन्छ । त्यस्तै भीमेश्वर महादेवको रुपमा रुद्री र पुजा गर्ने प्रचलन छ । ग्रह शान्तिको लागि दोलखा शहरका बासिन्दाहरु आफ्नो जन्मदिनमा र इच्छा लागेको अरु बेला पनि महादेवको रुपमा ठुलो श्रद्धापूर्वक रुद्री गर्ने गर्छन ।

दोलखाको एतिहासिक रुपरेखामा पनि भीमसेन देवताको शिला लाइ “शिवलिङ्ग आकारको मुर्ति” भन्ने उल्लेख गरिएकोछ । भीमसेन महादेवको परम भक्त थिए । उनि जहाँ जान्थे त्यहाँ महादेवको शिवलिङ्ग प्रतिस्थापन गरेर पुजा आराधना गर्थे ।

भीमसेनले आफु गएको स्थानमा महादेवको मुर्ति स्थापना गर्नु हुँदोरहेछ भन्ने कुरा लाइ एक वंशावलीले पनि पुस्टि गरेकोछ । “नेपाल देशको इतिहास’ नामको (प्राचिन नेपाल) एक दुर्लभ ग्रन्थमा यस्तो उल्लेख गरिएको छ – “कुनै दिन दानासुरले पानी थुन्नाले तलाउ भइरहेको नेपालमा दोलखाबाट भीमसेन जलक्रीडा गर्न आइ डुंगामा बसी दैत्य कन्याहरू भगाई “भीमेश्वर शिबलिङ्ग” स्थापना गरी गए ।

यही डुंगा भीमढुंगामा छंदैछ भन्ने प्रसिद्ध छ “। निस्कर्ष यो भन्न सकिन्छ कि उक्त शिला लाइ हामिले भीमसेन देवता हो कि भीमेस्वर हो भन्ने द्विविधा गर्नु जरुरी छैन; भीमसेन र भीमेस्वर दुवै हो । भारतको रामेश्वर र दोलखाको भीमेस्वर बीच यति फरक छ कि रामेश्वर लाइ सिर्फ रामेश्वरको रुपमा मात्र पुजा गर्छन भने दोलखाको भीमेस्वर लाइ “एक शिला तीन अवतार “ को रुपमा अर्थात भीमसेन, भीमेस्वर र बलि खाने भैरवको रुपमा पनि पुजा आराधना गर्छन ।

महादेव लाइ किन भैरव पनि भनिन्छ भन्ने सम्बन्धमा एक पौराणिक कथा पाइन्छ । रमापतिराज शर्मा (झिगु भाय व वया ऋद्धि सिद्धि) का अनुसार – “शिवको भिषण रुप भैरव हो, जो तान्त्रिक देवता हुन् । महादेवलाइ नै भैरव भन्नुको कारण बारे एउटा कथा छ – पहिले ब्रह्माको पांच वटा शिर थियो भनिन्छ । एकपल्ट ब्रह्माले महादेव सामु कुनै अक्षम्य अपराध गरेछन् । क्रोधवश महादेवले ब्रह्माको पाँचौ शिर काटिदिए र ब्रह्मा प्रेत भइ बस्न बाध्य भएछन् । उता महादेवलाई पनि ब्रह्मा हत्याको पाप लागेछ । उनलाई नाम लिन नहुने एउटा रोग लागेर असाध्यै कुरुप भएछन् । आफ्नो कुरुपता देखेर महादेव स्वयं अतिनै भयभीत भएछन् । यहि डराएका महादेव नै भैरव हुन् ।

उहाँले यस्तो पनि लेख्नु भएकोछ – “म संग “भीमसेन सहश्रनाम” शिर्षकको एक तान्त्रिक पाण्डुलिपि छ जसमा भीमसेनको १००० नाम भएको उल्लेख गरिएकोछ । तर नाम भन्नु र रुप भन्नु यौटै कुरा हैन ।

अतः दिवंगत बालकृष्ण जोशीका अनुसार भीमसेन देवताले पशुबलि (बोका, राँगो) ग्रहण गर्ने बेला भगवती को रुप धारण गर्छन ; रुद्री गर्दा महादेवको रुप धारण गर्छन र रासपुजा गर्ने बेला र अन्य बेला भीमसेनको रुप धारण गरेर विराजमान हुन्छन । तर उपलब्ध प्रमाणहरुले भगवती या काली भन्दा पनि महादेवकै अर्को रुप भैरव हो भन्ने देखाउंछ । अतः भीमसेन, भीमेश्वर र भैरव नै यथार्थ हो । भीमेश्वर मन्दिरमा भेटिएका बिभिन्न थरिका प्रमाणहरु (दोलखाको एतिहासिक रुपरेखा) र पौराणिक कालदेखि चल्दै आएका पुजा आदिका प्रचलनहरुले यो कुरालाई निर्विकल्प पुस्टि गर्दछ ।

इतिहासकार जगदीश चन्द्र रेग्मीले लेख्नुभए अनुसार (दि कल्ट अफ भीमसेन, एन्सिएन्ट नेपाल, जुलाई १९८१) “दोलखामा रहेको भीमसेनको मन्दिरले नै यसको मिश्रित धार्मिक चरित्र प्रस्तुत गर्दछ, किनकि मन्दिरमा भक्तजनहरुले तीन देवता भीमसेन सहित शिव र कालीको पूजा आराधना गर्ने गर्छन । मन्दिरको चारैतिर रहेका शिलालेखहरू र इस्वी संवत् १५२० र त्यसपछिका वर्षहरूका शिलालेखहरूमा यस मन्दिरलाई शिव भनेर सम्बोधन गरिएका छन् । इस्वी संवत् १५२४ को एउटा शिलालेखमा भीम–गणेश्वर र इस्वी संवत् १५४९ को अर्को शिलालेखमा ’भीमेश्वर’ नाम उल्लेख गरिएको छ । त्यहाँ भेटिएका अन्य शिलालेख र अन्य अभिलेखहरूको आलोचनात्मक विश्लेषणले उक्त मन्दिरको मिश्रित चरित्रको क्रमिक विकासलाई प्रदर्शित गर्न सक्छ” ।

उहाँले यस्तो पनि लेख्नु भएकोछ – “म संग “भीमसेन सहश्रनाम” शिर्षकको एक तान्त्रिक पाण्डुलिपि छ जसमा भीमसेनको १००० नाम भएको उल्लेख गरिएकोछ । तर नाम भन्नु र रुप भन्नु यौटै कुरा हैन । मानिसको रुप त् यौटै हुन्छ नाम धेरै थरी हुनसक्छ । भीमेश्वरले रुपनै परिवर्तन गर्ने हो मात्र नाम हैन” । तसर्थ अहिले सहस्र अवतार हो भन्नु र दिउंसो बुद्ध भएर बस्नु हुन्छ भन्ने जस्ता तथ्यहीन र भ्रामक प्रचार गर्ने प्रयत्न गर्नुले भीमेश्वर प्रत्ति आस्था बढाउनुको सट्टा अनास्था फैलाउने भएकोले यस प्रति हामी सबै सजग हुनु जरुरी छ ।

लेखक डा. श्याम जोशी भी.न.पा. –२, डोकलुङा, हाल शान्ती नगर काठमाण्डौ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!