Search

रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एम्बाप्पेको ह्याट्रिक

रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एम्बाप्पेको ह्याट्रिक

नेपाल सम्वत् ११४५ सिल्लागाः ७ (८ फाल्गुन, २०८१) फेब्रुअरी २०, २०२५ , बिहिबार, बाँपीझ्याला ।स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बिहीबार बिहान राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल लिगको अन्तिम १६ मा पुगेको हो । रियलले समग्र प्लेअफमा ६-३ गोलले अगाडि रह्यो । रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे । खेलको चौथो, ३३औं र ६१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गरे । रियलले क्वाटरफाइनलमा प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनमध्ये एक टिमसँग समना गर्नेछ । रियल च्याम्पियन्स लिगको साबिक बिजेता टीम हो । यस्तै, डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पिएसजी) र पिएसभी अन्तिम १६ मा पुगेका छन् । दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि डर्टमन्ड समग्रमा ३-० को अग्रताले अघि बढ्यो ।

ब्रेस्ट लाई ७-० ले हराएको पिएसजी समग्रमा १०-० को नतिजासहित अघि बढेको छ । युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!