Search

ठूलो परिणामको लागू‌‌‍‍औषधसहित २ जना पक्राउ

ठूलो परिणामको लागू‌‌‍‍औषधसहित २ जना पक्राउ

नेपाल सम्वत् ११४५ सिल्लागाः ६.८ (७ फाल्गुन, २०८१) फेब्रुअरी १९, २०२५ , बुधबार, बाँपीझ्याला ।प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ११ का वर्ष २६ का मुकेश यादव र सोही ठाउँका वर्ष १९ का संजिव महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह-प्रवक्ता इन्स्पेक्टर बलिष्टर सिंहले बताएका छन्।

पर्सा गाउँपालिका ६ मङराहा पोखरीस्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी पर्साको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४२ प ४२७० नं.को मोटरसाइकल चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको लागूऔषध अनेरेक्स १०० मिलीको १७० फाईल र आरेजेस्केन १०० मिलिको २४ वटा बोतल गरि जम्मा १९४ बोतल बरामद गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।

मोटरसाइकल चालक मुकेश र पछाडी सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!