नेपाल सम्वत् ११४५, सिल्लागाः ६ षष्ठी (६ फागुण, २०८१, १८ फ्रेवअरी, २०२४) मंगलबार, बाँपीझ्याला । आजदेखि दोलखामा सुरु भएको बृहत तेस्रो दोलखा महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता पाएका छन् । महोत्सवमा सिस्नोको पिठोदेखि मह र विभिन्न कृषी उत्पादनहरु राखिएको छ ।
यसमध्ये पनी दोलखाको रैथाने बालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले दि पुर्खुचा दोलखा रिर्सोटले कोदोका बिभिन्न परिकारहरु निम्कीका साथै कोदो फापरको मःम, मफिन, नेवारि खाजा, देउचमारी (योमरी), बारा, चटामारी र मकैको खजुरी आकर्षक रहेको छ ।


विभिन्न स्वादिष्ट परिकारहरु खान स्वागत छ भन्ने नाराका साथ स्टल नं. १२ मा बिक्रिको लागि राखिएको छ । यसबारेमा युवा व्यवसायी अजय प्रधानले भन्नु हुन्छ, सामान्य खाद्य पदार्थको लागि त हामीले महोत्सव नै पर्खनु पर्दैन हामीले चाहेको बेला पाउन सक्छौ ।
तर स्वादीलो, आकर्षक र स्थानिय अन्नबालीबाट निर्मीत खाद्य पदार्थ कमनै पाउन थालेकोले रैथाने बाली प्रवद्र्धन गर्न दोलखाली दाजुभाई, दिदीबहीनीहरुलाई उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले रैथाने बालीको उत्पादनलाई प्राथमिकता दिएको भनाई राख्नु भयो ।
यसै गरी युवा व्यवसायी सिर्जना मानन्धर प्रधानले भन्नु हुन्छ, नेवारी परम्परा र संस्कृतीको संरक्षण प्रवद्र्धनमा सहयोग र बिधी विधानको लागि समई बजीदेखि लिएर हरेक चाडपर्वमा नेवारी परिकार आवश्यक भएकोले स्वाद, सन्तुष्टी र आकर्षणको लागि यही स्टल नं. १२ मा दोलखाको नेवारी खानाका परिकार राखिएको बताउनु भयो । यसरी व्यवसायी प्रधानले दोलखा महोत्सवमा पाल्नु हुने पाहुनाहरुलाई स्टाल नं. १२ आमन्त्रणको लागि अनुरोध गर्नु भएको छ ।

दोलखा सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आज देखि सुरु भएको १३ दिने बृहत दोलखा महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्धघाटन भयो । महोत्सबको उद्धघाटन गर्दै मुख्यमन्त्री लामाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्यटकीय जिल्ला दोलखाको पर्यटन प्रवद्र्धनमा महोत्सबले सहयोग पु¥याउने बताउनुभयो । साथै यस्ता महोत्सवले जिल्लाका कृषी उत्पादन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँको भनाई छ ।

दोलखा उद्योग वाणिज्य सँघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न महोत्सव उद्धघाटन समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, प्रदेश सांसद भरतबहादुर केसी, दोलखाका स्थानीय सरकारका प्रमुख तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता, विभिन्न सँघ संस्थाका प्रमुख एवम प्रतिनिधि, उद्योगी व्यवसायी लगाएतको उपस्थिती रहेको थियो ।

महोत्सव उद्धघाटन अघि सुनुवार, थामी, नेवार लगाएतका समुदायले आफ्नो मौलिक संस्कृति झल्किने नृत्य सहितको झाँकी तथा खैँजडी भजन प्रस्तुत गरेका थिए । साथै अटो ¥याली समेत निकालिएको थियो ।
दोलखा उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १८ गतेसम्म सञ्चालन हुने सँघका महासचिव सुरेश उप्रेतीले जानकारी दिनुभयो ।

