नेपाल सम्वत् ११४५ सिल्लागाः ६ (६ फाल्गुन, २०८१) फेब्रुअरी १८, २०२५ , मंगलबार, बाँपीझ्याला ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा विद्यार्थी पढ्न पठाउन रोक्ने चेतावनी दिएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओडिसास्थित केआईआईटी विश्वविद्यालय, उडिसामा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण पछि मन्त्रालयले भविष्यमा भारतका लागि एनओसी दिन रोक्ने चेतावनी दिएको हो।
‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले चेतावनीका साथ भनेको छ ।

