Search

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको ध्रुव अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको ध्रुव अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन

नेपाल सम्वत् ११४५, सिल्लागाः ६ षष्ठी (६ फागुण, २०८१, १८ फ्रेवअरी, २०२४) मंगलबार, बाँपीझ्याला । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् ।

बागमती प्रदेशको पाँचौँ अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्नली तामाङ चयन भएका छन् ।

यस्तै, महासचिवमा नवीन श्रेष्ठ, खुला महासचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिवमा रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नि सापकोटाले उद्घाटन गर्नुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!