नेपाल सम्वत् ११४५, सिल्लागाः चौठी, (४ फागुण, २०८१, १६ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौ अधिवेशन सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ ।
भोलीदेखि सुरु हुने बागमती प्रदेशको पाँचौँ अधिवेशन सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी बीच रिसोर्टमा हुने भएको हो । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनको भोली नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नी सापकोटाले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतमले जानकारी दिनुभयो । प्रेस सेन्टर नेपालको सबै जिल्लामा नयाँ नेतृत्व चयन भईसकेपछि प्रदेश अधिवेशन हुन लागेको हो । अधिवेशनमा बागमती प्रदेशका २ सय प्रतिनिधि सहभागि हुनेछन् ।
प्रदेश अधिवेशनका लागि भव्य तयारी गरिएको प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष अशोक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनमा सभागि हुने प्रदेश प्रतिनिधिहरुलाई खान र बस्नको समेत व्यवस्था गरिएको छ ।