Search

दोलखा भीमेश्वरमा डोक्छेमी गुठीयार खलकबाट क्षमा पूजा

दोलखा भीमेश्वरमा डोक्छेमी गुठीयार खलकबाट क्षमा पूजा

नेपाल सम्वत् ११४५, सिल्लागाः ३ (३ फागुण, २०८१, १५ फेब्रुअरी, २०२५) शनिवार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा क्षमा पुजा गर्दै डोक्छेमी गुठीयार खलक प्रतिनिधीले व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएको छ ।

विश्व प्रसिद्व प्राचिन शहर दोलखामा अवस्थित दोलखा भिमेश्वर मन्दिरको ४ गुठियार मध्ये दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्षको प्रतिनिधि गरेको डोक्छे खलकका गुठियारहरुले दोलखा भिमेश्वर व्यवस्थापन समिति प्रति असन्तुष्ट जनाउदै आज एक ज्ञापनपत्र बुझाएको छ ।

उक्त ज्ञापनपत्रमा राजपुजा बाहेक भीमेश्वर मन्दिरबाट हुने कुनै पनि गुठिमा सहभागी नहुने ध्यानाकर्षण गराउदै दोलखा भिमेश्वरमा क्षमा पुजा गरिएको छ ।

यसै गरी डोक्छे खलकका गुठियारहरुको एक टोलि भिमेश्वर व्यवस्थापन समितिका टोलिलाई भेट गरि ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाउन जादा समितिका अध्यक्ष लगाएत कुनै पदाधिकारि भेट नभए पछि कार्यालय प्रमुख हरिदर्शन जोशि मार्फत समितिलाई बुझाएको भनी एक जना गुठीयार बताउनु भयो ।

भीमेश्वर गुठिमा ४ गुठियार लिष्टोल, डोकलुङा, कोर्छे र डोक्छे गुठिका प्रतिनिधि र केही अन्य गुठिहरुका गुठीयारको प्रतिनिधि मिलेर व्यवस्थापन समिति गठन गरेका छन् । डोक्छे गुठियारबाट प्रतिनिधि भीमेश्वर गुठि व्यवस्थापन समितिमा भरत बहादुर श्रेष्ठ अध्यक्ष रहेका छन् ।

यसरी डोक्छेमी खलककै गुठीयार भरत श्रेष्ठ अध्यक्ष हुँदा हुर्दै उक्त खलकका गुठीयार प्रतिनिधीहरुले असन्तुष्टी देखाएकोमा भीमेश्वरमा समस्या उत्पन्न भएको होकी भन्ने स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।

दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको वर्तमान गतिविधि सम्बन्धि स्थानियवासि, सरोकारवाला लगायत गुठियारहरु र व्यवस्थापन समितिको सदस्यहरुले नै असन्तुष्ट पोख्दै पर्ख र हेरको अवस्थामा रहेका छन् । यसको लागि दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले छिटोभन्दा छिटो समस्याको समाधान खोज्नु पर्ने हाम्रो आग्रह रहेको छ ।

विज्ञप्ती बुझाउने गुठीयारहरुमा कृष्णदास श्रेष्ठ, शरणकुमार श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, विश्व श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रामशरण श्रेष्ठ, भरत श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, सुरज श्रेष्ठ र आशिष श्रेष्ठ रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!