Search

सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटे : सत्ता गठबन्धन

सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटे : सत्ता गठबन्धन

नेपाल सम्वत् ११४५, सिल्लागाः ३ (३ फागुण, २०८१, १५ फेब्रुअरी, २०२५) शनिवार, बाँपीझ्याला । सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले दाबी गरेका छन् ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिनिधिसभामा प्रष्ट बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल निर्णायक छ ।

सरकारले हिउँदे अधिवेशन नभएको बेला पारेर ६ वटा अध्यादेश जारी गरेको थियो ।

तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा आफूहरूको असहमति रहेको सो पार्टीले यसअघि नै निर्णय लिएको थियो । सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएको थियो ।

यद्यपि शनिबार बालुवाटारमा बसेको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए । गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सांसद रापकिशोर यादवसँग छलफल गरेरै सहमति भएको दाबी गरेका छन् ।

बालुवाटार बैठकबाटै उनीहरूसँग फोन संवाद भएको गृहमन्त्री लेखकले बताएका छन् । ‘जसपा नेपालको उपेन्द्र र राजकिशोरजीसँग फोनमा वार्ता भएको छ । उहाँहरूसँग पनि कुरा भएको छ,’ गृहमन्त्री लेखकले भने ।

अध्यक्ष यादव काठमाडौं बाहिर भएकाले आजको बैठकमा सहभागी नभएको पनि उनले बताए । ‘काठमाडौं बाहिर भएकाले फोनमा कुरा भएको छ,’ उनले भने ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!