Search

हिंसाविरुद्ध ‘उर्लंदो सय करोड’ अभियान

हिंसाविरुद्ध ‘उर्लंदो सय करोड’ अभियान

०३ फागुन, काठमाडौँ । प्रेम दिवस (फेब्रुअरी १४) का अवसर पारेर राजधानीमा सांस्कृतिक कार्यक्रमसहित हिंसाविरुद्ध बुलन्द आवाज उठाउँदै ‘उर्लंदो सय करोड’ अभियान मनाइएको छ । महिला अधिकारकर्मी रोजी पुनले विश्वभर प्रेम दिवसका अवसरमा एकआपसमा माया, उपहार साटासाट गरेर मनाइने भ्यालेन्टाइनकै दिन पारेर हिंसालाई मायाले जित्न सकिने मान्यतासहित शुक्रबार राजधानीमा नाटक, नृत्य, गीत, कवितालगायतको वाचन गर्दै कार्यक्रम मनाइएको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१२ मा हरेक दिन विश्वमा एक करोड महिला, किशोरी विभिन्न किसिमका हिंसामा परिरहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । सोही वर्षदेखि विश्वभर प्रेम दिवसको दिन विविध सिर्जनात्मक र सांस्कृतिक कार्यक्रमसहित हिंसालाई मायाले जितौँ भन्ने अभियान उर्लंदो सय करोड (राइजिङ विलियन) मनाउन थालिएको थियो । सोही अभियानको निरन्तरता स्वरूप राजधानीमा आयोजित कार्यक्रममा सहभागीहरूले मायाको रुख हुर्काऊँ भन्ने सन्देश दिँदै रङलाई औँलाको टुप्पोमा लगाएर सेतो कपडामा रङ्गीबिरङ्गी रुखका आकारको चित्र बनाएका थिए । साथै हिंसाविरुद्ध हस्ताक्षर पनि सङ्कलन गरिएको थियो ।

सो अवसरमा किशोरीहरूले सामाजिक विभेद र हिंसाविरुद्धको सन्देशमूलक गीतिनाटक पनि मञ्चन गरेका थिए । हामी दाजुभाइ संस्थाका महासचिव अशोक शिवाकोटीले लैङ्गिक हिंसाको अन्त्यका लागि पुरुषको पनि साथ चाहिन्छ भन्ने उद्देश्यका साथ स्थापित हामी दाजुभाइले समाजमा सदियौँदेखि चल्दै आएको सामाजिक हिंसाविरुद्ध आवाज उठाउँदै आएको बताउनुभयो । सो अवसरमा प्राडा कृष्ण हाछेतूले फाँसीवादका बारेमा बताउँदै लोकतन्त्र भनिए पनि दक्षिण एसियामा वर्ग, धर्म, उच्च जात र तल्लो जात, सीमान्तकृत, लोपोन्मुख वर्गका नाममा विभाजन र वर्ग सङ्घर्षको अन्त्य नभएको बताउनुभयो । डा. सुचेता प्याकुरेलले पनि दक्षिण एसियामा हिंसाको हजारौँ रूप रहेको र त्यसको अन्त्यका लागि अझै धेरै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!