Search

जिरी नगरपालिकामा भोलीदेखि औपचारिक रुपमा भ्रमण वर्ष सन् २०२५ सुरु, सञ्चार मन्त्रीले उद्घाटन गर्ने

जिरी नगरपालिकामा भोलीदेखि औपचारिक रुपमा भ्रमण वर्ष सन् २०२५ सुरु, सञ्चार मन्त्रीले उद्घाटन गर्ने

नेपाल सम्वत् ११४५, सिल्लागाः द्वितिया, (२ फागुण २०८१, १४ फ्रेवअरी, २०२५) बाँपीझ्याला, दोलखा । दोलखाको जिरी नगरपालिकामा भोलीदेखि औपचारिक रुपमा भ्रमण वर्ष सन् २०२५ सुरु हुँदैछ ।

सन् २०२५ भर विभिन्न कार्यक्रमको आयोजना गरी जिरी भ्रमण वर्ष मनाउन जुटेको नगरपालिकाले भोली औपचारिक रुपमा उद्घाटन गर्न लागेको हो । जिरी भ्रमण वर्षको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुहुनेछ । भोली जिरीमा हुने कार्यक्रममा सहभागी हुनका लागि आजै मन्त्री गुरुङ दोलखा आइसक्नुभएको छ ।

५० हजार पर्यटक भित्र्याउने र २५ करोड बराबरको आर्थिक क्रियाकलाप गर्ने लक्ष्य राखेको नगरले भ्रमण वर्षको उद्घाटनपछि बाँकी थुप्रै अन्य कार्यक्रमहरु हुने जनाएको छ ।

नगरप्रमुख मित्र बहादुर जिरेलका अनुसार जिरीका पर्यटकीय स्थलहरुको बारेमा समेटिएको प्रचारात्मक भिडियो, ब्रोसर लगायतका सामाग्रीहरु भोलीबाट प्रदर्शनमा आउनेछन् । भ्रमण वर्ष लक्षित पर्यटन गन्तव्य सूचना बोर्ड राखिएको बताइएको छ । भ्रमण वर्षमा कृषि मेला, खेलकुद सप्ताह, गुरास मेला, ढुङगेश्वरी मेला, हनुमन्ते मेला, स्ट्रिट फुड फेष्टिवल लगायतको आयोजना हुनेछ ।

सुस्ताउँदै गएको जिरीलाई फेरी एक पटक पर्यटकीय गतिविधि र आर्थिक क्रियाकलापलाई पुनः स्थापित गराउन भ्रमण वर्ष सन् २०२५ भर हुने कार्यक्रम र गतिविधिले टेवा पुग्ने विश्वास गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!