Search

३० औं जनयुद्ध दिवस : माओवादी केन्द्र दोलखाले दीप प्रज्वलन

३० औं जनयुद्ध दिवस : माओवादी केन्द्र दोलखाले दीप प्रज्वलन

नेपाल सम्वत् ११४५, सिल्लागाः १ प्रतिपदा, (१ फागुण, २०८१, १३ फ्रेवअरी, २०२५) बिहिबार, बाँपीझ्याला, दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले जिल्लाको सदरमुकाम चरिकोट स्थित सातदोबाटो, प्राचिन नगरी दोलखा, पर्यटकिय नगरी जिरी र उत्तरी क्षेत्र व्यवसायी केन्द्र सिंगटी लगायत ठाँउहरुमा दिप प्रज्वलन गरिएको छ ।

सदरमुकाम चरिकोटमा केन्द्रीय सदस्य नरबहादुर पाख्रिन लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यसै गरी भीमेश्वर नगरपालीका वडा नं. २ माओवादी वडा कमिटी दोलखाका अध्यक्ष अजय प्रधानको संयोजनमा गणेशटोल स्थित गणेश मन्दिरमा दिप प्रज्वलन सँगै साँगीतीक कार्यक्रम सम्पन्न गरेको छ । ३० औं जनयुद्ध दिवसको दिन दीप प्रज्वलन गरिएको हो ।

उक्त दिप प्रज्वलन कार्यक्रममा शहिद क. पुर्ण बहादुर श्रेष्ठको आमा ललित माया श्रेष्ठको प्रमुख आतिथ्यता, माओवादी भीमेश्वर नगर कमिटी सचिव नरेन्द्र श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन गरेको माओवादी केन्द्र भीनपा –२, दोलखाले जनाएको छ ।

यसै गरी जिरी नगरले दिप प्रज्वलन गरिएको छ । सदरमुकाम चरिकोटमा आयोजित दिप प्रज्वलन कार्यक्रम युवा नेता भरत रोन श्रेष्ठले संचालन गरियो थियो । दोलखामा युवा नेता माओवादी पार्टी वडा नं. २ का वडाध्यक्ष अजय प्रधानले संचालन गरिएको थियो ।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

फोटो : दिपशंकर चौलागाईं/ अजय प्रधान / सामाजिक सञ्जाल ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!