Search

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा

०१ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले फागुन ९ गतेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौमा आवेदन दिन सक्ने छन् ।

यो पटकको लिलामीमा अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् । शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १ लाख २५ हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ ।

सो भन्दा बढी शेयर खरीद गर्नेका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले अधिकतम ८ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । शेयरको न्यूनतम मुल्य प्रति शेयर १११ रुपैयाँ तोकिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!