नेपाल सम्वत् ११४५, सिल्लाथ्वः १५ पूर्णिमा (३० माघ, २०८१, १२ फ्रेवअरी २०२५) बाँपीझ्याला । संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुँदैछ ।
बिहान ११:३० बजेवाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने जनाइएको छ ।
उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ, जुन बैठकमा । समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।