नेपाल सम्वत् ११४५ सिल्लाथ्वः १३ ( २८ माघ , २०८१) फेब्रुअरी १०, २०२५ , सोमबार, बाँपीझ्याला ।नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
सुन तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
