Search

आजदेखि देखि २९ गतेसम्म समाजवादी पार्टी नयाँ शक्तिको पहिलो महाधिवेशन

आजदेखि देखि २९ गतेसम्म समाजवादी पार्टी नयाँ शक्तिको पहिलो महाधिवेशन

नेपाल सम्वत् ११४५, सिलाथ्वः २, द्वादसी (२७ माघ, २०८१, ९ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन्।

महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ। महाधिवेशनमा पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई

बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने पार्टीले जनाएको छ।

नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!