नेपाल सम्वत् ११४५ सिल्लाथ्वः ९ ( २४ माघ , २०८१) फेब्रुअरी ६ , २०२५ , बिहिबार, बाँपीझ्याला ।प्रेस चौतारी नेपाल दोलखा शाखामा नयाँ नेतृत्व चयन भएको छ। बिहिबार सदरमुकाम चरिकोट सम्पन्न भएको शाखाको ८ औं अधिवेशनबाट श्रीजन कुमार घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
समितिको उपाध्यक्षमा अर्जुन पाख्रीन, लाक्पाली शेर्पा , सचिवमा गणेश बुढाथोकी ,सहसचिवमा प्रकाश बस्नेत, सुजन थामी र कोषाध्यक्षमा फुर्वा तामाङ चयन भएका छन्। सदस्यहरुमा क्रमशः मुना गुरुङ, देवराज मगर र प्रदिप सेन्चुरी चयन भएका छन् भने केन्द्रिय प्रतिनिधिमा प्रभु जिरेल, महेन्द्र श्रेष्ठ, शर्मिला बुढाथोकी चयन भएका छन्। त्यस्तै प्रदेश प्रतिनिधिमा ताराबहादुर महत, उषा तामाङ, र तारादेबी बस्नेतलाई चुनिएको छ।
