नेपाल सम्वत् ११४५ सिल्लाथ्वः ८ ( २३ माघ , २०८१) फेब्रुअरी ५ , २०२५ , बुधबार, बाँपीझ्याला ।नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको छ ।
