Search

ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाका पूर्व अध्यक्ष कार्कीको निधन

ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाका पूर्व अध्यक्ष कार्कीको निधन

नेपाल सम्वत् ११४५, सिलाथ्वः ६, षष्ठी (२२ माघ, २०८१, ४ फ्रेवअरी, २०२५) मंगलबार, बाँपीझ्याला, दोलखा । ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाका संस्थापक उपाध्यक्ष एवं पूर्व अध्यक्ष वेणुबहादुर कार्कीको आज माघ २२ गते मंगलबार निधन भएको हो ।

दोलखा जिल्ला मेलुङ गाउँपालीका वडा नं. ७ सितली निवासी टुकी संघका संस्थापक उपाध्यक्ष एवं पूर्व अध्यक्ष वेणुबहादुर कार्कीको निधन प्रति दुःख व्यक्त गर्दै ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाले आज एक शोक वक्तव्य अध्यक्ष मकरध्वज पाख्रीन र कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठ तथा टुकी संघ परिवारको तर्फबाट सार्वजनिक गरिएको छ ।

साथै उक्त वक्तव्यमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनका धैर्यधारण गर्न भगवानले शक्ति प्रदान गरोस् भनी उल्लेख गरिएको छ ।

बाँपिझ्याला डटकम परिवारको तर्फबाट दिवंगत वेणु बहादुर कार्कीज्यूको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!